आजभन्दा केहि वर्ष पहिला
मात्र मोबाईल वा कम्प्युटरमा भिडियो हेर्नको लागि हामीले कम्प्युटर
सेन्टरबाट भिडियो पेनड्राईभ वा मेमोरी कार्डमा कपी गरेर आफ्नो
डिभाईसमा राखि हेर्नु पर्दथ्यो । तर Technology
को यो तीव्र परिवर्तनले अहिले हामी यी सबै काम घरमै बसी बसी Website द्वारा गर्न सक्छौँ । यस्तै भिडियो हेर्नको लागि धेरै
भन्दा धेरै प्रयोग गरिने साईट हो YouTube.
अहिले टिभि भन्दा पनि धेरै
भिडियो हेर्न युट्युवको प्रयोग गरिन्छ । यसमा प्राय सबै विषय वस्तुसँग सम्बन्धित हजारौँ भिडियो भेटिन्छन् । तर कतिपय अवस्थामा खोजि गर्ने तरिका थाहा नपाएर
हामीलाई चाहिएको समाग्री नपाई हैरानी पनि हुने गर्दछौँ । यस्तो अवस्थामा हामिले टाईप
गर्ने Keyword को महत्वपूर्ण भूमिका हुने गर्दछ कि
हामीले खोजेको कन्टेन्ट पाउनका लागि ।
YouTube मा भिडियो सर्चको लागि
कुनै युजर्सलाई फुटबलरको
भिडियो हेर्नु छ, तर उ
गितसँगसँगै हेर्न चाहन्छ । यसमा उक्त फुटबलरको नामको साथ साथै उक्त गितको पनि नाम
टाइप गर्नु पर्दछ जस्तै, messi+Bollywood song. यस्तोमा यो कंडिसन महत्वपूर्ण हुन्छ कि कुनै युजरले यस प्रकारको भिडियो
बनाएर अपलोड गरेको हुनुपर्दछ, अनि मात्र यो सर्च हुन्छ । यदि
यस प्रकारको भिडियो छैन भने तपाई आफै यस प्रकारको भिडियो बनाएर अपलोड गर्न
सक्नुहुन्छ ।