र्याम कम्प्युटर वा
मोबाइल डिभासको सबैभन्दा महत्वपूर्ण भाग हो । यसलाइ प्राइमरी मेमोरी वा टेम्पररी
स्टोरेज पनि भनिन्छ । RAM को full form
Random Access memory हुन्छ । कम्प्युटरमा
र्याम मोदरबोर्डको मोड्युलमा राखिएको हुन्छ । जसलाइ डिम्स भनिन्छ ।
र्यामलाइ तपाइको
डिभाइसको सर्ट टर्म मेमोरी र हार्ड ड्राइभ वा इन्टरनल स्टोरेजलाइ लङग टर्म मेमोरी
भनेर बुझ्दा पनि हुन्छ । जस्तो सर्ट टर्म मेमोरी अहिले भैरहेको काम वा प्रिजेन्ट
मोमेन्टमा मात्र केन्द्रित रहन्छ जस्तो तपाइ अहिले यो लेख पढिरहनुभएको छ भने तपाइको ध्यान यसमा केन्द्रित छ अहिले नै तपाइलाइ फरक पर्दैन् कि चार पाँच वर्ष पछि
के हुन्छ वा के बन्ने भनेर । भविष्यको प्लान बनाएर राख्ने काम लङ्ग टर्म मेमोरीको
हो । जसलाइ तपाइले हार्ड ड्राइभ वा डिभाइसको इन्टरनल मेमोरी सँग तुलना गर्न
सक्नुहुन्छ ।
अर्को उदाहरण लिएर
कुरा गर्दा तपाइ एक अफिसमा हुनुहुन्छ र
काम गर्नको लागि फाइलको आवश्यकता पर्छ फाइलहरु दराजमा स्टोर गरेर राखिएको
हुन्छ अब तपाइलाइ जुन फाइल आवश्यक पर्छ त्यो फाइल ल्याएर आफ्नो टेबलमा राख्नुहुन्छ
र त्यहिँ बसेर काम गर्नुहुन्छ यदि काम ठुलो छ र फाइलहरु धेरै छन् भने एकैचोटि टेबलमा
नअटाउन पनि सक्छ तर टेबल ठुलो छ भने काम एकैचोटि पनि हुन सक्छ । अब यहाँ दराजलाइ
तपाइको इन्टरनल मेमोरीसँग र टेबललाई र्याम भन्न सक्नुहुन्छ ।
र्याम नोर्मल ममोरी भन्दा १०० गुणा छिटो हुन्छ र
महँगो पनि धेरै । जस्तोः १ जिबि र्याम बनाउन धेरै कस्ट लाग्छ १६ वा ६४ जिबिको
नर्मल मेमोरी बनाउनुभन्दा । जस्तो तपाइले कुनै
एप्लिकेशन वा प्रोग्राम इन्स्टल गर्नुभयो भने त्यो तपाइको मेमोरीमा इन्स्टल भएको
हुन्छ र्याममा होइन् । र्याम त जब डिभाइस अन हुन्छ अनिमात्र काममा आउँछ । जस्तो
तपाइले फोटोसप डाउनलोड गर्नुभएको छ जुन कम्प्युटरको इन्टरनल मेमोरीमा सेभ छ र ओपन गर्नुभयो भने यो
मेमोरी बाट उठेर र्याममा आएर बस्दछ जबसम्म तपाइ त्यो अफ गर्नुहुन्न, ताकि सिपियु र
प्रोग्रामबिच छिटो छीटो सूचना आदान प्रदान होस् ।
र्यामको फरक फरक
क्याटगरी हुन्छ सबै ३ जिबिको र्याम एउटै हुँदैन् । र्यामको पनि फरक फरक स्पिड
हुन्छ, जस्तो DDR2, DDR3, DDR4 आदि ।
कुनै पनि डेटा वा
प्रोग्राम डिभाइसको इन्टरनल मेमोरी वा हार्ड ड्राइभमा सेभ भएको हुन्छ र त्यो डेटा
वा प्रोग्राम र्याममा लोड भएपछि मात्र सिपियूले एक्सेस पाउँछ र प्रोग्रामलाइ रन
गर्छ । जस्तो फोटोसप वर्ड
एक्सल आदि ।
तपाइ जति बढि प्रोग्रामहरु रन गर्नुहुन्छ त्यति
नै लोड र्याममा पर्ने भएकोले कहिलेकाँहि डिभाइस स्लो वा प्रोग्राम आफै ह्याङ्ग
हुने गर्दछन् । यसको कारण तपाइको डिभाइसमा र्याम कम भएर नै हो, तपाइको डिभाइसमा
जति बढी र्याम हुन्छ डिभाइस पनि त्यति नै फास्ट र स्मुथ हुन्छ र कम भयो भने स्लो ।
र्याममा डाटा तब सम्म
मात्र रहन्छ जब सम्म डिभाइसमा इलेक्ट्रिक पावर सप्लाइ भैरहन्छ । यदि पावर अफ भयो
भने र्याममा लोड भएका सबै प्रोग्राम वा डाटा इरेज भएर जान्छन् । त्यसैले र्यामलाइ
भोलाटाइल मेमोरी पनि भनिन्छ । जस्तोः तपाइले कुनै प्रोग्राम खोल्नुभयो मानौँ
फोटोसप र एउटा डिजाइन बनाउनुभयो तर सेभ गर्नुभएको छैन् र डिभाइस अफ भयो भने, पछि
त्यो तपाइले बनाएको डिजाइन त्यहाँ हुँदैन् । र्यामको उदेश्य भनेको एउटै हुन्छ
स्टोरेजमा भएको डाटा वा प्रोग्रामलाइ सिपियु सम्म रिड राइट गर्नु ।
र्याम कति आवश्यक छ ?
कम्प्युटरको कुरा
गर्दा,
यदि तपाइ नर्मल
कामहरु गर्नुहुन्छ जस्तैः ब्राउजिङ, माइक्रोसफ्ट प्याकेज, साधारण प्रिन्ट आदि भने
तपाइलइ २ वा ३ जिबिको र्याम काफि हुन्छ तर भिडियो इडिटिङ, ग्राफिक्स डिजाइन जस्ता
सफ्टवेयरहरु चलाउनुहुन्छ भने ४ जिबि भन्दा बढिको र्याम नै उत्तम हुन्छ ।
कुरा गर्दा
स्मार्टफोनमा पनि अहिलेका फरक फरक एप्सहरु नर्मल गेम प्ले, ब्राउजिङ आदि कामहरुको लागि २ वा ३
जिबिको र्याम काफि हुन्छ तर मल्टिटास्किङको लागि जति बढि र्याम त्यति नै काम छिटो हुने भएकोले हामीलाइ बढि र्याम भएको डिभाइस किन्दा नै फाइदा हुन्छ ।
र्याम इनक्रिजको कुरा
गर्दा ल्यापटपहरुमा र्याम परिवर्तन गर्न सकिन्छ, जस्तो तपाइको २ जिबिको छ भने चार
जिबिको र्याम राख्न मिल्छ तर मोबाइल फोनहरुमा भने र्याम बढाउन वा परिवर्त गर्न
मिल्दैन् ।
सम्बन्धित भिडियो हेर्नको लागि तलको यो लिंकमा क्लिक गर्नुहोला ।