आयो पाँचवटा क्यामरा भएको नोकियाको फोन ।




एउटा Smartphone मा कतिवटा क्यामरा हुन सक्छ १ २ वा ३ । सन् २०१८ मा स्यामसुङको ४ वटा Rear camera भएको स्मार्टफोन मार्केटमा आएको थियो जुन अहिलेसम्मकै बढी camera भएको फोन थियो तर सन् २०१९ मा गेम परिवर्त भएको छ र HMD Global ले भर्खरै MWC Barcelona मा लञ्च गरेको छ ५ वटा Rear camera भएको विश्वको पहिलो फोन Nokia 9 pureview जुन HMD global बाट आउने अहिलेसम्मकै Flagship Device हो । सँगसँगै नोकियाले nokia 210 nokia 1 plus nokia 4.2nokia 3.2 लञ्च गरेको छ आज हामी नोकिया 9 pureview को बारेमा कुरा गर्नेछौँ र जान्नेछौँ यसको फुल स्पेसिफिकेसन ।


1.Display
172gram को फोनमा 5.99 inch को18:9 aspect ratio वाला P-OLED QHD+ display रहेको छ , जसको resolution 2k HD रहेको छ र यो Corning Gorilla Glass 5 Protection को साथमा आउँदछ ।
यसले HDR 10 पनि support गर्दछ ।


2.Processor
यो फोन HMD Global बाट आउने अहिलेसम्मकै Flagship फोन भएतापनि यसमा Qulcomm को Snapdragon 845 chipset प्रयोग गरिएको छ । जबकि Qualcomm ले Snapdragon 855 chipset developed गरिसकेको छ । नोकियाले धेरै पहिलेदेखि यो फोनको production गरिरहेकोले यसमा Qualcomm को latest processor दिन नसकिएको हो भने कंपनीले अवश्य अब आउने यसको next version मा Qualcomm को लेटेस्ट चिपसेट दिनेछ ।


 3.Camera
यो फोनको क्यामराको बारेमा धेरै पहिलेदेखि नै विभिन्न लिक हुँदै आएका थिए फाइनल्ली कंपनीले पछाडी पाँचवटा क्यामरा दिएको छ जसमा जाइस लेन्स प्रयोग गरिएको छ ।
सबै क्यामरा 12MP को रहेका छन्
3 वटा Monochrome  लेन्स छन् भने 2 वटा RGB लेन्स दिइएको छ । यीँ सबैको एप्रेचर f/1.8 रहेको छ यसमा कुनै पनि wide angle वा telephoto lense दिइएको छैन् ।

यहाँ NOkia 9 को केहि camera sample देखाइएको छ ।






फोनमा 20 MP को front क्यामरा दिइएको छ ।

4.RAM/ROM
यसमा 6 GB को LPDDR4X RAM  रहेको छ भने 128 GB को Internal storage रहेको छ र यो फोनमा Dedicated microsd card expansion रहेको छैन ।

5.Operating System
यो Android One Program को साथमा आउँदछ । यसमा एन्ड्रोइडको लेटेस्ट 9 pie भर्जन रहेको छ ।

6.Battery
यसमा 3320mah को ब्याट्रि रहेको छ र फोनले फास्ट चार्ज पनि सपोर्ट गर्दछ ।

यसको international price 699 Dollar रहेको छ जुन नेपालीमा कन्भर्ट गर्दा लगभग 79200 रुपैयाँ जति हुन आउँछ । यसअघि नोकियाले आफ्ना सबै फोन नेपालमा लञ्च गरेकोले यो फोन पनि आउने आशा हामी गर्न सक्छौँ । तर पनि यो कंपनीको सबैभन्दा महँगो फोन भएकाले यहाँ लञ्च हुने नहुनेमा अहिले कुनै जानकारी आएको छैन ।
यसका केहि फिचर्सको कुरा गर्दाः 
Indisplay fingerprint scanner
IP 67 water resistance
wireless charging  
gorilla glass 5
USB C आदि रहेका छन् भने यसमा हेडफोन ज्याक दिइएको छैन् ।

फोनमा निम्न सेन्सरहरु रहेका छन्ः
G sensor e compass hall sensor gyroscope barometer, haptic vibrator आदि ।
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला ।
https://youtu.be/rc4CpQLVxsA

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post