तपाईको कुनै साथीसँग यी गुणहरु छन भने कहिल्यै नछोड्नुहोस उसको साथ ।


शास्त्रमा सच्चा मित्र र शत्रुको बारेमा धेरै कुरा लेखिएको छ । जसलाई अध्ययन गरेर कोहि पनि व्यक्ति आफ्नो मित्र र शत्रु पहिचान गर्न सक्छ । शास्त्रअनुसार जुन मानिसमा यी ६ गुणहरु हुन्छन् त्यो नै एक सच्चा र इमान्दार मित्र हो । हामीले भुलेर पनि उसको साथ कहिल्यै छोड्नुहुँदैन ।

) तपाईको गल्ति बताउने
धेरै मान्छेहरु तपाइको प्यारो बन्नको लागि तपाइको गल्ति वा कमजोरीहरु बताउँदैनन् । चाहे त्यसको कारणले भविष्यमा तपाईलाई नोक्सान नै किन नहोस् । यस्तोमा तपाईको गल्ति बताउने मानिस नै हितैषी एवम् सच्चा मित्र हो ।


) अरुको अगाडी कमजोरी नदेखाउने
सच्चा मित्रको अर्को निशानी यो पनि हो कि तपाइको अवगुण वा कमजोरी उ कहिल्यै पनि अरु व्यक्तिको अगाडि व्यक्त गर्दैन् । एक्लै उ तपाइको सबै कमि कमजोरी र अवगुण बताएर तपाईलाइ सुधार्ने सल्लाह त देला तर अरुको अगाडी तपाइको कमजोरी र गल्ति देखाइ तपाइलाइ कहिल्यै अपमानित गराउँदैन ।


) सबैको अगाडि तपाईको गुणको तारिफ गर्ने
सच्चा मित्र त्यो हो जो तपाइको गुणको तारीफ गर्नमा कहिल्यै पछि पर्दैन । अहिलेको समयमा जोकोही मानिस अरुलाई तल र आफुलाइ माथि देखाउने काममा लागीरहन्छन र आफुलाई नायकको संज्ञा दिइरहन्छन, यस्तोमा अरुको अगाडी तपाइको गुणको तारीफ गर्ने मित्र नै सच्चा मित्र हो ।


) मुश्किल परिस्थितिमा आर्थिक सहयोग गर्ने
कहिले काँहि जीवनमा यस्तो समय पनि आउँछ जतिबेला भावनात्मकको साथसाथै धनको पनि जरुरी पर्दछ । यस्तोमा कोहि पनि मद्दत गर्न अगाडि आउँदैन् । जो मान्छे यस्तो परिस्थितिमा धन दिएर तपाईलाइ सहयोग गर्छ त्यो  नै तपाईको सच्चा मित्र हो ।


) राम्रो कामको लागि सधैँ प्रेरित गर्ने
जो मानिस राम्रो काम गर्नको लागि तपाईलाइ प्रेरित गर्छ त्यो पनि सच्चा मित्र हो । प्राय मान्छेहरु हाम्रो ध्यानलाइ खराब कर्म तिर आकर्षण गराएर समय र भविष्य दुवै खराब गर्न लागिरहेका हुन्छन् । यस्तो मानिस कहिल्यै सच्चा मित्र हुन सक्दैन् ।



) अप्ठ्यारो परिस्थितिमा पनि साथ नछोड्ने

कुनै पनि मान्छेले यस्तो मित्र सँग शंका गर्नुहुँदैन् जुन तपाइलाइ जीवनको कठिन परिस्थितिहरुमा पनि साथ दिइरहन्छ । राम्रो समयमा त जोकोही पनि तपाईको खुशी मनाउन आउँदछ । तर खराब समय र परिस्थितिहरुमा पनि साथ नछोड्ने मानिस नै तपाइको सच्चा मित्र हो ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post