भिभोले लञ्च गर्यो VIVO Y30 के-के छन् विशेषताहरु हेर्नुहोस् ।

VIVO V30

चिनियाँ स्मार्टफोन कंपनी भिभोले नेपालमा भर्खरै आफ्नो पछिल्लो मिडरेञ्ज स्मार्टफोन VIVO Y30 लञ्च गरेको छ । यो फोन चारवटा क्यामरा, ५०० एमएचको पावरफुल ब्याट्रि, युएसवि टाइप सि पोर्ट,आई भ्यु डिस्प्ले जस्ता केहि राम्रा फिचर्सको साथ लञ्च भएको छ । यो फोनमा अरु निम्न फिचर्सहरु रहेका छन् ।

१. डिस्प्लेः 197 ग्रामको यो फोनमा 6.47 LCD HD+ 19.5:9 Aspect Ratio भएको Display Screen रहेको छ ।


२. प्रोसेसरः फोनमा MediaTek Helio P30 Octa Core प्रोसेसर दिइएको छ ।

३. क्यामराः भिभोका फोनहरु सधैँ राम्रो क्यामरा सेटअपको साथमा आउँदछन् । यो फोन पनि राम्रो क्यामराको साथमा आएको छ । यसमा पछाडी चारवटा क्यामरा दिइएका छन् ।

Primary: 13MP f/2.2

Second: 8MP f/2.2 Ultra wide

Third: 2MP Bokesh 

Fourth: 2MP Macro Lense


त्यसैगरी फोनमा सिंगल 8MP को फ्रन्ट क्यामरा दिइएको छ ।

 

४. र्याम/रोमः फोन ४ जिबि र्याम ६४ तथा १२८ जिबि गरी फरक दुइवटा रोम भेरियन्टमा उपलब्ध छ ।

५. ब्याट्रिः यो फोनको अर्को राम्रो पक्ष भनेको यसको ब्राट्रि क्षमता हो । यसमा पावरफुल ५००० एमएचको ब्याट्रि दिइएको छ ।


६. अपरेटिङ सिस्टमः यसमा कंपनीको आफ्नै फनटच ‌‍ओएस १० मा आधारित एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ ।

७. रङः यो फोन कालो र सेतो गरी फरक दुइवटा रङमा उपलब्ध छ ।




यसको नेपाली मुल्य ४/६४ को २४९९९ रुपैया रहेको छ भने ४१२८ को २७९९९ रहेको छ । फोनमा फिंगरप्रिन्ट स्क्यानर तथा फेस अनलक सुविधा पनि रहेका छन् । यसमा अल्ट्रा गेमिङ मोड तथा जोभि इभेन्ट र मल्टि टुर्वो ३० सुविधाहरु समावेश गरिएका छन् ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला ।


Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post