दैनिक जीवनमा उपयोगी टु-डु एपहरु


एन्ड्रोइड स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एप्सहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप (फोनमा पहिल्यै हुने) प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो जुन स्मार्टफोनको आगमनसँगै त्यो बाध्यताबाट प्रयोगकर्ताहरुले छुटकारा पाएका छन ।

प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको एप्सहरु स्मार्टफोनमा डाउनलोड गरेर प्रयोग गर्न सक्छन, यी धेरै जसो फ्री छन् केहि विषेश महत्व र सुविधाका लागि पैसा तिर्नुपर्छ, र जुनसुकै बेला त्यसलाई हटाउन पनि सकिन्छ । प्रयोगकर्ताको दैनिक जीवनमा प्रयोग हुने सहयोगी एप हो टुडु एप । आफ्नो दैनिकि व्यवस्थापन गर्न र धेरै भन्दा धेरै कामहरु याद गर्नको लागी यस्ता एपहरुको प्रयोग गरिन्छ । आज हामी केहि यस्तै चर्चित एपहरुको बारेमा बताउन गइरहेका छौँ । 

ईभरनोट ः(Evernote)
यो एप टु डु लिस्ट क्षेत्रमा परिचित नाम हो । गुगल प्ले स्टोरमा उपलब्ध यो फ्री भएता पनि यसको तिनवटा भर्जन रहेको छ । फ्री जुन डाउनलोड गरिसकेपछी त्यसैलाइ प्लस र प्रिमियम नाम दिइएर मासिक प्लसको लागि $2.92 प्रिमियमको लागि $5.83 तिर्नुपर्दछ । 
फिचर्सहरु पनि त्यसै अनुसार दिइएको छ । बेसिकमा एउटै एकाउन्ट दुइवटा सम्म डिभाइसमा प्रयोग गर्न सकिन्छ, मासिक ६० एमबि नोट अपलोड गर्न सकिन्छ, नोटमा फोटो आदि राख्न मिल्छ भने प्लसमा मासिक १ जिबी नोट अपलोड गर्न सकिन्छ भने प्रिमियममा एक महिनामा १० जिबि भन्दा बढी नोट राख्न सकिन्छ । यो एपलाइ जीमेल एकाउन्टसँग लग इन गर्यो भने जुनसुकै फोन वा कम्प्युटरमा बसेर आफ्नो एकाउन्टद्धारा तपाइ नोट पढ्न सक्नुहुन्छ । 



एनी डट डू (Any.do)
एनी डट डू एक लोकप्रिय टू डू लिस्ट एप हो । कुनै टाक्स, सबटास्क वा नोटहरु एड गर्न र त्यसबारे तपाइलाई जानकारी दिने काम गर्दछ । यसका अलावा यसमा क्लाउड सिङ्कीङ्ग समेत गर्न सकिन्द्ध जसको मद्दतले आफ्नो टास्कका बारेमा विभिन्न डिभाइसहरु जस्तै डेक्सटप, ल्यापटप, ट्यावलेट र इन्टरनेट मार्फत एक्सीस गर्न सकिनेछ । यो एप प्ले स्टोरमा १० मिलियन भन्दा बढी डाउनलोड भएको यस एपलाइ युजर्सले ४.५ रेटिङ गरेका छन् । 

यसको इन्टर्फस आकर्षक हुनुका साथै यसमा विल्टइन कल क्यालेन्डर सपोर्टको फिचर समेत समावेश गरिएको छ । यस एप प्रयोग गर्नाले प्रयोगकर्ताले टु डू एपको साथसाथै कल क्यालेण्डरको दोहोरो फाइदा उठाउन सक्नेछन । सरल एवम शक्तिशाली मानिएको यस एप निशुल्क समेत रहेको छ । टू डू लिस्ट एप मध्येको एक उत्कृष्ट एप एनी डट डू गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।












गुगल किप (Google keep)
गुगल किप गुगलले बनाएको प्रमुखत एक नोट किपिङ्ग एप हो । यसका अलावा यसमा रिमाइन्डर फिचर समेत समावेश गरिएको छ जुन तपाइको आफ्नो लोकेशनमा आधारित भएर चल्छ । साथसाथै यसमा तपाइले गर्नुपर्ने कुनै कामको लिस्ट एउट निश्चित समय सिमा राखेर समेत राख्न सक्नु हुनेछ जसका कारण त्यस अवधिमा यसले तपाइलाई आवाज दिएर सम्झाउने गर्दछ ।

यसमा समय समयमा विभिन्न नयाँ फिचरका साथ अपडेट हुने यो एपले उत्कृष्ट एन्ड्रोएड वेयर सपोर्ट समेत प्रदान गर्ने गर्दछ । यो एप विभिन्न स्मार्टफोनहरुमा विल्ट इन एपको रुपमा समावेश गरिनाले कुनै थर्ड पार्टी एप र अन्य एप इन्सटल गरेर स्पेस खर्चनु पर्ने छैन । यसका अन्य एपहरुको तुलनामा यो एप निशुल्क समेत रहेको छ । 








जि टास्क (GTasks)
जि टास्क एक लोकप्रिय एवम् एकदमै मनपराइएको टू डू लिस्ट एप हो जसको फ्रि र पेड गरि दुइ संस्करण रहेको छ । फ्रि संस्करणमा समेत उत्कृष्ट फिचरहरु जस्तै विजेट, भ्वाइसको प्रयोग गरेर क्विक एडिङ्ग हुनुका साथै गुगल टास्कसँग सिङ्क्रोनाइज समेत गर्न सकिन्छ ।

यसका साथै यसको प्रो संस्करणमा ब्याच टास्क एड, प्याटर्न लक र थेम समेत परिवर्तन गर्न सकिनेछ । यसका साथसाथै तपाइले आँफूले चाहेको खण्डमा गुगल नाउमा टाक्सहरु समेत थप्न सक्नुहुनेछ । सरल र प्रभावकारी एपहरुको खोजिमा यदी तपाई हुनुहुन्छ भने जि टास्क एक उत्कृष्ट रोजाइ बन्न सक्छ ।












टिक टिक (Tick Tick)
टुडू लिस्ट एपको भिडमा टिकटिक पनि अर्को एउटा सरल,सहज एवम उत्कृष्ट टू डू लिस्ट एपको रुपमा आँफूलाई उभ्याएको छ । यस एपमा टू डू लिस्टको आधारभुत फिचर हुनुका साथै क्लाउट सिङ्कको पनि फिचर रहेको छ जसले गर्दा आफ्नो टास्कको बारे जानकारी अन्य विभिन्न डिभाइसहरु प्रयोग गरेर समेत गर्न सकिन्छ ।

यसमा समावेश गरिएको ट्याग सिस्टमले आफ्ना आवश्यक, न्यून आवश्यक र अत्यावश्यक टास्कलाई प्राथमिकताका आधारमा छुट्याउन सकिनेछ । साथसाथै यो एपको आफ्नै विजेट प्रयोग गरेर थप सहज र सरल रुपमा प्रयोग गर्न सकिनेछ । यस एपको प्रो संस्करण थप परिष्कृत र अत्याधुनिक रहेको छ ।
यसको पनि फ्री र पेइड गरी दुइवटा भर्जन रहेका छन्, प्रो भर्जनमा टास्क म्यानेजमेन्ट, कोलाब्रेसन सपोर्ट र अन्य फिचरहरुको परिष्कृत रुप समावेश गरिएको छ । प्रो भर्जनलाइ $5.11 डलर पर्दछ । 












टु डु लिस्ट (To Do List)
टु डु लिस्ट एप अर्को उत्कृष्ट एप हो । यस एपका विकासकर्ताले यो एपको नामाकरणमा खासै धेरै मेहेनत नगरेतापनि यो एप असाध्यै राम्रो रहेको छ । यसमा सबै आधारभूत टू डू फिचर र आफ्नो लिस्टमा रहेको कार्य गर्नका लागि सम्झाउनका रिमाइन्डर समेत समावेस गरिएको छ ।

यसको इन्टरफेस उन्डरलीस्टसँग मिल्जो जुल्दो रहेपनि यो खासै नराम्रो भने होइन । चलाउन एक्दमै सहज रहेको यो एपमा विभिन्न फिचरहरु समावेश गरिएका छन जसमध्ये भ्वाइस कमाण्डबाट टास्क थप्नु , विजेट र अन्य फिचर समावेश गरिएको छ । 










उन्डरलिस्ट (Wunderlist)
टु डू लिस्ट एपको क्षेत्रमा सबैभन्दा चर्चित रहेको एप हो उन्डरलिस्ट । यो एप माइक्रोसफ्टले २०१३ मा खरिद गरेको हो । यसमा अन्य एपहरुमा रहेका फिचरहरु हुनुका साथै क्रस प्लाटफर्म सपोर्ट, एट्याचमेन्ट अप्सन कोलाबोरेसन फिचर र फोल्डर फिचर समावेश गरिएको छ ।

यी फिचरहरुको साहयताले आफ्नो टू डू लिस्ट ब्यवस्थापन गर्नमा विषेश भूमिका खेल्ने गर्दछ । यसका अलावा यसमा मेटेरियल डिजाइनको प्रयोग गरिएको छ जसलाई एक्दमै रुचाइएको हो । यो एप चलाउनलाई सरल, सहज हुनुका साथै यस एप अन्य एपको तुलनामा शक्तिशाली समेत रहेको छ ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post