सन् २०१३ डिसेम्बर १६, मा
स्थापना भएको OnePlus ले यति छोटो समयमा विश्व बजारमा
आफुलाई अहिलेको स्थानमा स्थापित गर्छ भनेर
सायदै कसैले सोचेका थिए होलान् । तर पिट लाओ (जसले ओप्पो
छोडेर आएका थिए) र कार्ल पे मिलेर स्थापना गरेको OnePlus ले ४-५ वर्षको अन्तरालमा नै विश्व बजारमा आफ्नो बलियो
उपस्थिति जनाएको छ । स्यामसुङ,एप्पल जस्ता ब्राण्डहरुलाइ पनि
अहिले यसले कडा टक्कर दिइरहेको छ । स्मार्टफोन बजारमा ठुलो तहल्का मच्चाइरहेको यो
कंपनीले बर्षैपिच्छे आफ्ना नयाँ – नयाँ मोडेलका फोन
सार्वजनिक गर्दै आएको छ । अप्रिल २३-२०१४, मा कंपनीले आफ्नो पहिलो फोन OnePlus सार्वजनिक गरेको थियो । उस्तै फिचर्स तर त्यो भन्दा आधा मूल्यमा फोन
उपलब्ध गराउने भएकोले OnePlus को बजार यति छोटो समयमा नै
विस्तार भएको हो । Samsung,Apple,Gionee,Oppo, Huawei, Sony, Apple जस्ता कंपनीहरुले बजारमा एकछत्र
राज गरिरहेका बेला OnePlus विश्व बजारमा आएको थियो ।
फोन लन्च भैसकेपछि
अनलाईनबाट युजरहरुको फिडब्याक लिने र अर्को मोडेलमा ति फिडब्याकहरुको समाधानको
रुपमा परिस्कृत र सुधार गरेर नयाँ मोडेल लन्च गर्ने भएकाले पनि OnePlus
ले राम्रो बजार पाइरहेको छ ।
जस्तोः अरु कंपनीहरु Samsung ले Galaxy s8 र S8+ एकैचोटि लन्च गर्यो । मूल्यमा पनि केहि तलमाथि हुन्छ, पछिल्लो भर्जनको मूल्य केहि महंगो नै हुने गरेको छ । र S8 भन्दा स्वत S8+ को माग बढ्दछ, र युजर्सहरुमा पनि S8+ आइसकेको अवस्थामा S8 लिन आफ्नो इच्छासँग सम्झौता
गर्नुपर्ने हुन्छ, र प्राय पछिल्लो भर्जन नै बढी खपत हुन्छ ।
(Apple को हकमा पनि त्यही नै हो जस्तोः 7,7+
र 8,8+)
तर OnePlus भने यो विषयमा अरु कंपनीहरुभन्दा गंभीर देखिन्छ । अहिलेसम्म कंपनीले पहिलो भर्जन
युजर्ससामु पुर्याइसकेपछि त्यसमा भएका कमीकमजोरी माथि फिडब्याक संकलन गराइ केहि समयपछि लगभग
त्यति नै मुल्यमा अर्को मोडेल उपलब्ध गराइन्छ । जस्तोः OnePlus 3 लन्च भएको केहि समयपछि कंपनीले OnePlus 3T ल्याएको
थियो भने अहिले पनि OnePlus 5 लन्च
भएको ४ महिनाभित्रै यसमा भएका केहि कमीकमजोरीहरुलाइ सुधार गरेर OnePlus 5T ल्याएर आएको छ । आज हामी यही OnePlus 5T को बारेमा बताउन गइरहेका छौँ ।
१ डिस्प्ले
फोनमा ६ इन्चको फुल Optic AMOLED डिस्प्ले स्क्रिन रहेको छ ।
२ प्रोसेसर
अहिले चलिरहेको लेटेस्ट क्वालकमको स्न्यापड्रगन ८३५ प्रयोग गरिएको छ ।
३ स्टोरेज
फोन दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ । एक ६ जिबि र्याम र ६४ जिबि इन्टरनल मेमोरी अर्को ८ जिबि र्याम र १२८ जिबि इन्टरनल स्टोरेज क्षमताको साथमा ।
४ क्यामरा
वनप्लस फाइभ भन्दा फाइभ टि मा क्यामरालाई धेरै परिस्कृत गरिएको छ । दुइवटा रियर क्यामरामा एउटा १६ MP र अर्को २० MP, फ्रन्ट क्यामरा भने १६MP को रहेको छ ।
५ ब्याट्रि
फोनमा कम एमएएचको ब्याट्रि भएता पनि यसले डास चार्ज सपोर्ट गर्दछ । जुन कि आधा घण्टामा नै फोन ५० प्रतिशत भन्दा बढी चार्ज हुन्छ ।
६ अपरेटिङ सिस्टम ।
एन्ड्रोइडको नुगाट 7.1.1 रहेको छ, तर यसलाइ छिट्टै एन्ड्रोइडको लेटेस्ट ओरियोमा अपग्रेड गराउने भनिएको छ ।
फोनमा डुअल नानो सिम
प्रयोग गर्न मिल्छ भने External SD कार्ड प्रयोग गर्न
मिल्दैन् ।
OnePlus 5T को
Full Specification भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक
गर्नुहोला ।
OnePlus 5T full review in Nepali
OnePlus 5T full review in Nepali