Honor View 20 - 48MP Camera, In Screen Front Camera???


Honor हुवावेको सब ब्राण्डको रुपमा सन् 2013 मा स्थापना भएको एक स्मार्टफोन कंपनी हो । अनरका डिभाइसहरुमा maximum Huawei को प्रविधि र सामाग्री प्रयोग हुने गर्दछ तर यसका फोनहरु हुवावेभन्दा केहि सस्तो मूल्यमा पाइन्छन् अनरले आफ्ना फोनहरु विश्वभर प्राय अनलाइन मार्केटमा विक्रि वितरण गर्दछ । भर्खरै यो ब्राण्ड नेपालमा पनि प्रवेश गरेको छ र यसका केहि मोडेलहरु अहिले नेपालमा उपलब्ध छन् । तर यहाँ यो अफलाइन बजारमा पनि उपलब्ध हुनेछ । अहिले स्मार्टफोन कंपनीहरुले आफ्नो डिभाइस अरुको तुलनामा कसरी राम्रो बनाउने भन्नेमा धेरै मेहनत गरिरहेका छन् जस्तै Display screen, Processor, Design, Camera, Battery capacity, Software experience etc. सन् 2018 मा Notch Display काफि पपुलर भयो हामीले थरीथरीका Notch Display भएका Smartphone हरु देख्यौँ । फोनलाइ बेजेललेस यानीकि फोनमा बढीभन्दा बढी Display Screen कसरी दिन सकिन्छ भन्ने खोजमा Essential Company द्धारा Notch को अवधारणा अगाडि आएको थियो जुन पछि Apple को iPhone X बाट धेरै पपुलर भयो । हरेक ब्राण्डले आफुअनुकुलको Notch Display Screen दिएर फोनहरु मार्केटमा ल्याए Samsung बाहेक । तर Notch ले फोनको अरुतिर Full Display Screen दिन सकिए पनि Notch को कुनै विकल्प अहिले सम्म आएन । यद्यपी Vivo ले Vivo NEX, Oppo ले Oppo Find X र Xiaomi MI MIX 3 बाट Notch less Display Screen को अवधारणा ल्याए पनि युजर्सले यी डिजाइनलाइ खासै मन पराएनन् । Vivo NEX मा Pop-up (Elevating) Front Camera, Oppo Find X मा Motorized Camera Mi Mix 3 मा Sliding Mechanism को प्रयोग गरिएको थियो, जुन कुनै न कुनै रुपमा Device को Durability सँग तुलना गरेर हेरियो ।
तर सन् 2018 को अन्त्यमा Samsung ले Galaxy A8s र Huawei ले Nova 4 मा Display Screen भित्रै सानो Hole मा Front Camera दिएर आफ्ना  फोनहरु सार्वजनिक गरे, जसलाइ In Screen Camera भनिन्छ । र अब आउने Samsung को एक प्रमुख Flagship Series Galaxy S10 मा पनि यस्तै प्रविधि प्रयोग हुन सक्ने विभिन्न Rumors रुमर्सहरुले बताएका छन्, र सन् 2019 मा सायद यो डिजाइन पपुलर हुन सक्ने अनुमान अहिले सबैले गरिरहेका छन् । जुन Notch को विकल्पको रुपमा प्रयोग हुनेछ । 

आज हामी कुरा गर्नेछौँ  Honor को तर्फबाट आउने पहिलो In Screen Front Camera Phone Honor View20 को बारेमा:
Physical overview को कुरा गर्दा फोनको Right Side मा तल Power Lock Unlock Button र माथि Volume Rocker Key रहेका छन् फोनको माथि 3.5mm Headphone Jack, IR Blaster, Secondary Microphone र Ambient Light Sensor दिइएको छ । फोनको Right Side मा Dual Nano SIM card Slot रहेको छ भने फोनको तल Right Side मा Speaker Grill बिचमा USB C port र Left Side मा Primary Microphone रहेका छन । फोनको पछाडी Dual Setup Rear camera रहेका छन् साथमा LED Flash र तल Fingerprint Scanner रहेको छ ।

अब कुरा गरौँ डिटेलमा

1.Display
180 Gram को फोनमा  6.4" IPS LCD FHD+ Display Screen रहेको छ । जसको Resolution 1080 by 2310 pixels रहेको छ ।

2.Processor
फोनमा हुवावेको Latest HiSilicon Kirin 980 Chipset प्रयोग गरिएको छ । जुन 7Nm Technology मा बनेको विश्वको पहिलो Android Phone Processor हो, जुन यो भन्दा अघि Huawei Mate 20 Pro मा प्रयोग गरिएको थियो, र फोनमा Mali-G76 MP 10 GPU प्रयोग गरिएको छ ।

3.Camera
यो फोनको Main Highlight मध्येको एक यसको Camera पनि हो । 
यसमा 48MP को Main Rear Camera दिइएको छ जसमा Sony IMX586 Sensor प्रयोग गरिएको छ । जसको Aperture F/1.8 रहेको छ भने अर्को TOF 3D camera दिइएको छ ।

फोनमा 25MP Front Camera दिइएको छ । जुन फरक Mechanism को साथमा यो फोनको डिस्प्ले स्कृन भित्रै सेट गरिएको छ जुन अहिलेको एकदमै नयाँ फिचर्स हो जसको Aperture f/2.0 रहेको छ ।

4.RAM/ROM 
फोन फरक दुइवटा Variant मा उपलब्ध हुनेछ:
6GB RAM/128GB ROM
8GB RAM/256GB ROM

5.OS
फोन Honor को आफ्नै Magin UI 2 Based Android 9.0 Pie Operating System को साथमा आउँदछ ।

6.Battery
फोनमा 4000 mAH को ब्याट्रि रहेको छ । यो Huawei को 40W Super charge charger को साथमा आउँदछ । जसले फोन एकदमै छिटो चार्ज गर्नेछ ।

7. Colors
फोन फरक तिनवटा कलरमा उपलब्ध हुनेछ 
Black, Blue and Red 

फोनमा AI Cooling technology टेक्नोलोजि रहेको छ भने यसमा Dual band GPS and Triple Antenna wifi Features पनि रहेका छन जसले Connectivity लाइ धेरै improve गर्नेछ । Overall Honor view 20 Honor बाट आउने एक Impressive स्मार्टफोन हुनेछ जसको मार्केटमा सिधा Competition Oneplus 6T सँग हुने अनुमान गरिएको छ । हेरौँ यो फोन नेपालमा कहिले र कति प्राइसमा आउँछ । फोन unique Punch hole Display screen, Massive 48MP Camera+3D camera, Flagship Specs, Huge Battery+Superfast charge जस्ता Premium Features को साथमा आउँदछ । 
Honor View 20 को Full Specification हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post