OPPO K1 सबैभन्दा सस्तो In-Display Fingerprint scanner phone ??


Smartphone technology बर्षै पिच्छे परिवर्तन हुँदै आएको छ Flagship Device हरुमा पाइने Features हरु पनि अहिले सस्तो फोनहरुमामा देख्न पाइन्छ यो trend को सुरुवात Flagship Killer slogan को साथ Oneplus ले गरेको थियो तर अहिले सबै स्मार्ट फोन कंपनीहरुले कम मुल्यमा धेरै फिचर्सहरु दिने गरेका छन् । Smartphone security को रुपमा Display भित्रै Fingerprint sensor राखेर सुरुमा Vivo ले आफ्नो फोन लञ्च गरेको थियो त्यसपछि अरु सबै कंपनीले यही प्रविधि प्रयोग गरेर फोनहरु मार्केटमा ल्याय तर यो टेक्नोलोजी एकदमै महँगा फोनहरुमा मात्र उपलब्ध थियो ।
Image result for vivo indisplay fingerprint scanner phone
 सायद अब यो टेक्नोलोजि पनि धेरै परिस्कृत भैसकेको छ यस्तैमा Oppo ले इंडियामा लञ्च गरेको छ अहिलेसम्मको सबैभन्दा सस्तो Indisplay fingerprint scanner भएको फोन Oppo K1 जुन 25MP front camera, 6.41" को waterdrop display screen, Snapdragon 660 octacore chipset जस्ता केहि ग्रेट फिचर्सको साथमा आउँदछ आज हामी यसैको बारेमा कुरा गर्नेछौँ । आउनुहोस भिडियो सुरु गरौँ ।

Image result for oppo k1
 Physical overview को कुरा गर्दा फोनको right side मा power lock unlock button मात्र रहेको छ भने Left side मा volume rocker key र sim tray रहेको छ । फोनको माथि secondary noise cancellation  दिइएको छ भने फोनको तल right side मा 3.5mm को headphone jack बिचमा Micro Usb port र left side मा speaker grill रहेका छन् ।
अब कुरा गरौँ डिटेलमा

1. Display
फोनमा 6.41 inch 19.5:9 Aspect ratio वाला FHD+ AMOLED water drop Display screen रहेको छ । जसको Resolution 1080 by 2340 pixel रहेको छ ।  जुन Corning Gorilla Glass 5 protection को साथमा आउँदछ । यो फोनको screen to body ratio 91% रहेको छ । जुन एकदमै धेरै बेजेल लेस डिजाइन भित्र पर्दछ ।

2. Processor
यसमा Qualcomm को snapdragon 660 octa core दिइएको छ जुन Qualcomm को एक पावरफुल midrange processor हो । यो 14nm technology मा बनेको छ जसको clock speed 2.2GHz रहेको छ ।

3. Camera
फोनमा Dual setup rear camera दिइएको छ
primary : 16MP को रहेको छ जसको एप्रेचर f/1.7 रहेको छ भने
secondary: 2MP को रहेको छ जुन depth information capture गर्नको लागि प्रयोगमा आउँछ ।
फोनमा 25MP को Front Camera दिइएको छ । जसको एप्रेचर f/2.0 रहेको छ ।
Image result for oppo k1 ram rom
4. RAM/ROM
फोन 4GB RAM 64GB Internal Storage को साथमा आउँदछ । फोन dedicated Micro Sd card slot पनि रहेको छ यसमा 256GB सम्मको Memory Card प्रयोग गर्न सकिन्छ ।

5. O.S.
फोन कंपनीको आफ्नो color OS 5.2 based android 8.1 oreo operating system को साथमा आउँदछ ।

6. Battery
यसमा 3600 mAH को ब्याट्रि रहेको छ ।

7. Sensor
फोनमा Fingerprint sensor, face unlock compass, proximity sensor, accelerometer, ambient light sensor आदि सेन्सरहरु दिइएको छ।

8. Colors
 यो फोन फरक दुइवटा कलरमा उपलब्ध छ ।


यो फोनको pros को कुरा गर्दा यो फोन अहिलेसम्मकै चिपेस्ट फोन हो जसमा indisplay fingerprint scanner रहेको छ, यसमा display Screen पनि AMOLED waterdrop FHD+ रहेको छ भने फोनमा 3.5mm को headphone jack पनि रहेको छ । र यसमा Dedicated micro sd card slot पनि रहेको छ भने यसमा 25MP को front camera र 16+2MP को dual rear camera रहेका छन् ।

र यो डिभाइसको cons को कुरा गर्दा यसमा Micro USB port नै देख्न मिल्छ Type c छैन् भने फोनमा फास्ट चार्जर पनि दिइएको छैन जबकि अन्य कंपनीहरुले यहि प्राइसमा Type c र fast charger दिन थालिसकेका छन् तर पनि यसको Unique point यो price range मा indisplay fingerprint sensor देख्न पाइन्छ ।
यसको भारतीय बजार मुल्य 16990/- रुपैयाँ रहेको छ र यो फोन नेपालमा लञ्च हुने बारे अहिलेसम्म कुनै पनि अफिसियल जानकारी आएको छैन तरपनि यसअघि Oppo ले आफ्नो नयाँ सिरिज Oppo R17pro भारतीय बजारपछि यहाँ लञ्च गरेकाले यो सिरिजको फोन पनि नेपालमा आउन सक्ने आशा हामी गर्न सक्छौँ ।
त्यसैपनि यो Oppo को R series भन्दा धेरै सस्तो हुनेछ र नेपालमा अहिले पनि Flagship फोनहरुको मार्केट त्यति धेरै छैन जति Midrange को छ यस्तोमा यो device नेपालमा पर्फेक्ट हुन सक्छ किनभने indisplay fingerprint scanner भएका फोन अहिले यहाँ ७० हजार भन्दा बढीको प्राइसमा मात्र देख्न मिल्छ जबकि यो फोन यदि नेपालमा लञ्च भयो यसको प्राइस ३० देखि ३५ हजारको बिचमा हुन सक्छ र यहाँका युजर्सहरुलाइ पनि एक नयाँ अनुभव यो फोनले दिन सक्छ ।
यो फोनको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
OPPO K1 full review & specification in Nepali.

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post