Redmi Go - Internet Superstar, Full review & specification in Nepali.


साओमीले नेपालमा भर्खरै लञ्च गरेको छ आफ्नो लेटेस्ट फोन Redmi Go जुन कंपनीको सबैभन्दा सस्तो Budget स्मार्टफोन हो । आज हामी यसैको बारेमा कुरा गर्नेछौँ । साओमी विश्वमा यस्तो स्मार्टफोन कंपनी हो जुन आफ्ना फोनहरु कम मार्जिनमा बिक्रि गर्ने गर्दछ र सस्तोमा धेरै फिचर्स दिने गर्दछ । यस्तैमा कंपनीले गुगलसँगको सहकार्यमा आफ्नो पहिलो एन्ड्रोईड गो फोन सार्वजनिक गरेको छ जुन स्मार्टफोन मार्केटमा गेम चेन्जर हुन सक्छ किनभने नेपाललगायत विश्वका धेरै अविकसित देशहरुमा अहिले पनि धेरै ठुलो सङ्ख्यामा किप्याड फोन युजर्सहरु रहेका छन् । उनीहरु स्मार्टफोनमा त्यति धेरै पैसा खर्च गर्न चाँहदैनन वा सक्दैनन, हो खासमा उनीहरुलाइ लक्षित गरी कंपनीले यो फोन ल्याएको हो । स्पेसिफिकेसन हेर्दा सन् २०१५ को जस्तो भएपनि यो फोन जुन प्राइसमा आउँदछ त्यो एकदमै न्यायोचित छ र किप्याड फोन युजर्सलाइ एन्ड्रोइड वा स्मार्टफोनमा सिफ्ट गर्न यसले धेरै ठुलो मद्यत खेल्नेछ ।


फोनको Right side तल power lock unlock माथि volume rocker key रहेका छन् भने फोनको माथि Microphone र 3.5 mm को headphone jack रहेको छ । फोनको तल right side मा Speaker grill बिचमा Micro USB port left side मा primary microphone दिइएको छ ।

अब कुरा गरौँ डिटेलमा

1.Display
137 gram को यो फोनमा 5 inch को 16:9 Aspect ratio भएको HD display screen रहेको छ जसको resolution 1280 by 720 pixel रहेको छ ।

2.Processor
फोनमा Qualcomm को Snapdragon 425 processor रहेको छ भने Adreno 308 GPU रहेको छ ।
3.Camera
यसमा 8MP को rear camera दिइएको छ जसको aperture f/2.0 रहेको छ भने Rear Camera Features हरुमा
Single LED flash,
Auto Focus,
HDR,
Burst mode,
Countdown timer,
manual mode,
Real time filters and
smart scenes mode आदि रहेका छन् ।

फोनमा 5MP को front camera दिइएको छ जसको Aperture f/2.2 रहेको छ भने Front Camera Features हरुमा
Beautify profiles, Selfie timer र HDR आदि रहेका छन् । दुवै क्यामराको पिक्सल साइज 1.12nm रहेको छ ।

4.RAM/ROM
फोनमा 1GB को RAM रहेको छ भने 8GB को internal storage रहेको छ । र यसमा 128GB सम्मको Micro SD card प्रयोग गर्न सकिन्छ ।

5.Operating System
फोनमा एन्ड्रोइड गो operating system रहेको छ । जुन कम पावरफुल हार्डवेयर भएका डिभाइसमा दिइने गरिन्छ । अपरेटिङ सिस्टमहरुको बारेमा हामीले सेपरेट भिडियो बनाएका छौँ जुन यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ । 

6.Battery
यसमा 3000mAH को ब्याट्रि रहेको छ । सुन्दा एकदमै कम भएपनि फोनको स्पेसिफिकेसन डिस्प्ले साइज अनुसार यसले राम्रै ब्याट्रि ब्याकअप दिने कंपनीले बताएको छ । फेरि यो एन्ड्रोइड GO अपरेटिङ सिस्टमको साथमा आउने भएकोले पनि यसले ब्याट्रि कम consume गर्दछ ।

7.Color
फोन फरक दुइवटा कलरमा उपलब्ध छ
Black र blue
र यसको नेपाली मूल्य ८,९९९ रुपैयाँ रहेको छ ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

x

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post