Redmi Note 7 Pro Full Specifications in Nepali - 48MP camera and many more !!!


रेडमीले भर्खरै भारतमा लञ्च गरेको छ आफ्ना दुइवटा लेटेस्ट फोन रेडमि नोट सेभेन र नोट सेभेन प्रो रेडिमी नोट सेभेनको बारेमा हामीले पहिल्यै भिडियो बनाइसकेका छौँ जुन माथि कार्डमा रहेको छ तपाइ हेर्न सक्नुहुन्छ । भने आज हामी कुरा गर्ने छौँ रेडमि नोट सेभेन प्रोको बारेमा यो 48MP AI dual rear camera, Qualcomm snapdragon 675 processor, 4000 mAH battery, Qualcomm Quick charge 4, Corning gorilla glass 5 protection, Gradient back finish, Type C charging port 6.3FHD+ notch display जस्ता केह ग्रेट फिचर्सको साथमा आउँदछ आज हामी यसैको बारेमा कुरा गर्नेछौँ ।

Physical overview को कुरा गर्दा फोनको right side मा power lock unlock volume rocker key रहेका छन भने फोनको माथि 3.5mm headphone jack IR blaster दिइएको छ फोनको left side मा hybrid sim tray दिइएको छ भने फोनको तल usb typc c port, speaker grill primary microphone रहेको छन् ।

अब कुरा गरौँ डिटेलमा

1.Display
186 gram को फोनमा 6.3 inch Full HD+ 19.5:9 Aspect ratio वाला water drop notch Display screen रहेको छ जसको Resolution 2340 by 1080 pixel रहेको छ भने यो फोनको  backfront मा Corning Gorilla Glass 5 protection दिइएको छ । जुन धेरै राम्रो कुरा हो ।

 2.Processor
फोनमा Qualcomm को Snapdragon 675 octacore चिपसेट दिइएको छ जसको क्लकस्पिड 2.0 GHz रहेको छ भने यसमा Adreno 612 GPU रहेको छ । यो प्रोसेसर 11nm technology मा बनेको छ । 

3.Camera
रेडमिले आफ्ना पछिल्ला दुइवटा मोडेलहरुमा क्यामरामा विशेष फोकस गरेको छ । रेडमि नोट सेभेन 48 MP को rear camera को साथमा आएको थियो जुन Technically भन्नको लागि मात्र 48MP को थियो खासमा त्यो 12MP को सेन्सर थियो तर कंपनीले Redmi Note 7 Pro मा real 48MP को रियर क्यामरा Sensor दिएको छ जुन SONY को IMX586 रहेको छ । यसको एप्रेचर f/1.7 रहेको छ भने फोनमा 5MP secondary camera दिइएको छ जुन depth information capture गर्नको लागि प्रयोगमा आउँदछ ।
Rear camera features:
Ai portrait mode, background blurring, single tone flash low light enhancement, standard HDR, video stabilization, Burst mode, panorama mode, face recognition, AI dynamic bokeh, AI studio lighting etc.
Rear Camera को Pixel size 1.6 micron रहेको छ ।

यसमा 13MP को Front Camera रहेको छ 
जसको फिचर्सहरुमा
AI portrait mode, background blurring, AI beautify, face recgonition, selfie timer, HDR, Rear camera AI scene detection 33 scene categories front 12 scene categories

4.RAM/ROM
यो फोन फरक दुइवटा भेरियन्टमा उपलब्ध छ ।
4GB RAM 64 GB ROM र 6GB RAM 128GB ROM यसमा 256GB सम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ ।

5.Operating  System
फोनमा MIUI 10 based Android 9 pie अपरेटिङ सिस्टम दिइएको छ ।

6.Battery
यसमा 4000 mAH को ब्याट्रि दिइएको छ भने फोन quick charge 4.0 सपोर्ट गर्दछ ।

7.Color
फोन Space black, Neptune blue र Nebula red गरी फरक तिनवटा कलरमा उपलब्ध छ ।

8.Sensor
Gyroscope, Accelerometer, proximity sensor, Electronic compass, fingerprint sensor, Ambient light sensor, Vibration motor, IR blaster आदि रहेका छन् ।
फोनमा P2i protection दिइएको छ । यो पूर्ण रुपमा Water Resistance नभएर केहि हदसम्मको थोरै पानी सहन सक्ने क्षमता यसमा हुन्छ ।

रेडमिले यो फोन एक कम्प्लिट प्याकेजको रुपमा दिएको छ यसमा यति धेरै राम्रो फिचर्सहरु यो प्राइसमा पाउनु भनेको साँच्चै यो फोनले मिडरेञ्ज मार्केटमा तहल्का मच्चाउने देखिन्छ । भारतमा यसको मुल्य Redmi note 7 pro price in india 4GB RAM 64GB ROM लाइ INR:14,000/- जसलाइ नेपालीमा कन्भर्ट गर्दा RS:22,400/- हुन आउँदछ भने 6GB RAM 128GB ROM लाइ INR:17,000/- जसलाइ नेपालीमा कन्भर्ट गर्दा RS: 27,200/- रुपैयाँ पर्दछ । यो मुल्यमा यति धेरै Specification अहिले सम्म कुनै पनि कंपनीले आफ्नो स्मार्टफोनमा नदिएको कुरा विभिन्न Tech expert हरुले भनिरहेका छन् । अब हेरौँ यो फोन नेपालमा कहिले र कति प्राइसमा लञ्च हुन्छ ? भारतमा भने यो फोन 13 march देखि उपलब्ध हुनेछ ।
Redmi Note 7Pro Full Review in Nepali

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post