Moto G7 - Motorola Budget phone ?



Motorola ले भर्खरै भारतमा लञ्च गरेको छ आफ्नो G lineup को latest smartphone Moto G7 जुन फोनको चौतर्फि आलोचना मात्र भइरहेको छ । 2019 मा पनि कंपनीले पुरानै फिचर्सहरु महँगो मूल्यमा विक्रि गर्न खोजेकोले कंपनीले आलोचना भएको छ । आज हामी यही Moto G7 को बारेमा कुरा गर्नेछौँ र जान्नेछौ यसको Full specifications फिजिकल Overview को कुरा गर्दा Right side: power lock unlock र volume rocker key र यसको left side: खाली रहेको छ । फोनको माथि SIM tray, secondary noise cancellation mice दिइएको छ भने तल Speaker grill, USB type c port र 3.5mm headphone jack रहेका छन् ।
अब कुरा गरौँ डिटेलमाः


1.Display
172 gram को फोनमा 19:9 Aspect ratio वाला 6.2" FHD+ dew drop notch notch display screen रहेको छ । जसको Resolution 1080 by 2270 pixel रहेको छ ।

2.Processor
फोनमा Qualcomm को पुरानो Snapdragon 632 Octa core processor रहेक छ जसको Clock Speed 1.8GHz रहेको छ ।

3.Camera
फोनमा Dual setup rear camera रहेका छन् ।
Primary: 12MP को रहेको छ जसको Aperture f/1.8 रहेको छ यसको pixel size 1.25 micron रहेको छ । भने Secondary क्यामरा 5MP को रहेको छ यसको Aperture f/2.2 रहेको छ । यसमा 8MP  को Front Camera दिइएको छ । जसको Pixel size 1.12 micron रहेको छ ।

4.RAM/ROM
यसमा 4GB RAM 64GB ROM रहेको छ यसमा 128GB सम्मको Micro SD card प्रयोग गर्न सकिन्छ ।

5.Operating System
यो Android One program को साथमा आउँदछ र यसमा Android 9 pie अपरेटिङ सिस्टम रहेको छ ।

6.Battery
यसमा 3000mAH को ब्याट्रि दिइएको छ ।

7.Colors
फोन Ceramic Black र Ceramic white गरी फरक दुइवटा कलरमा उपलब्ध छ ।

8.Sensor
फोनमा face unlock, fingerprint sensor, compass, proximity sensor, Accelerometer, ambient light sensor र Gyroscope गरी सबै प्रकारका सेन्सरहरु रहेका छन् ।


यो फोनको धेरै आलोचना हुँदाहुँदै पनि यसका केहि राम्रा पक्षहरु रहेका छन्, जस्तै P2i nano coating, USB type c port, 3.5 mm Headphone jack, Bright Display, Good Camera आदि । र यो फोनको Cons को कुरा गर्दा यसमा पुरानो Processor दिइएको छ ब्याट्रि पनि कम पावरफुल रहेको छ भने यसको फिचर्सअनुसार मूल्य निकै बढी रहको छ । यसको भारतिय बजार मूल्य INR:18,445/- रुपैयाँ रहेको छ जसलाइ नेपालीमा कन्भर्ट गर्दा लगभग RS:29,512/- रुपैयाँ जति हुन्छ । तर यो फोन नेपालमा आउने नआउने बारे कुनै अफिसियल जानकारी मोटोरोलाको तर्फबाट गराइएको छैन् ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला

1 Comments

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post