माईक्रो सेकेडंमा अनलक हुन्छन् गुगलका यी नयाँ स्मार्टफोन्


गूगलले अक्टोबर 4,2017 सान्फ्रान्सिकोमा आफ्नो दुईवटा नयाँ Pixel 2 र Pixel 2 XL स्मार्टफोन लन्च गरेको छ । कम्पनीले फेरी यी फोनहरुलाई क्यामरा फोन बनाएर विश्व बजारमा ल्याएको छ । यानीकि युजर्स यो पटक पनि यी फोनद्धारा हाई रेजोल्यूशन भएको फोटो र भिडियो यी फोनद्धारा क्याप्चर गर्न सक्छन् । 

#DSLR भन्दा कम छैन क्यामरा फिचर्स


गूगलका यी स्मार्टफोनमा धेरै एनिमेटेड विशेषताहरु समावेश गरिएका छन्, जुन फोटो वा भिडीयो क्याप्चर गर्नेबेलामा प्रयोग गर्न सकिनेछ । यानीकि युजर्स रियल टाइम यी फिचर्सहरुसँग खेल्दै भिडीयो खिच्न सक्दछन् । भिडियो रेकर्डको लागि OSI र EIS को स्पेशल फिचर्स समावेश गरिएको छ । 

# सबैभन्दा छीटो छ फिंगरप्रिन्ट


गूगलको दावा छ कि यी स्मार्टफोनमा जुन फिंगरप्रिन्ट स्क्यानर राखिएको छ यी विश्वकै सबभन्दा छिटो काम गर्ने स्क्यानर हुन् । यसले माइक्रो सेकेण्डमा नै फोन अनलक गरिदिनेछ । आइफोन जस्तै यीनीहरुमा हेडफोन ज्याक छैन् ।

#सधैँ अन भइरहने डिस्प्ले


यी फोनहरुमा सधैँ अन भइरहने डिस्प्ले राखिएको छ । जहाँ समय र नोटिफिकेशन हेर्नको लागि फोनलाई अनलक गरिरहनु पर्दैन् । ब्याकग्राउन्ड म्युजिक पनि यही डिस्प्लेमा सो हुनेछ  ।

#प्राइस

गूगल पिक्सल 2 को मूल्य 649 (68,794 लगभग नेपाली रुपैयाँ) डलर र  पिक्सल 2 XL को 849 ( 89,994 लगभग नेपाली रुपैयाँ)  डलर बाट सुरु हुनेछन् । 

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post