नोकियाले स्मार्टफोनको
दुनियामा एन्ड्रोइड फोन उत्पादन गर्न सुरु गरिसकेको छ । कंपनीले हालै Nokia 3 Nokia 5 Nokia 6 लञ्च गरेको छ । यी सबै फोनहरुमा खास कुरा
एन्ड्रोइड Operating system को प्रयोग गरिएको छ । यी सबै
फोनहरुमध्ये Nokia 6 धेरै पावरफुल स्मार्टफोन हो । Medium
Price मा राम्रो फोन किन्ने बारे सोचिरहनु भएको छ भने यी मध्ये Nokia
6 तपाइको च्वाइस बन्न सक्छ ।
के के छन् त फिचर्सहरु Nokia 6 माः
Strong point
|
Weak point
|
एल्मुनियम बडी
|
VoLTE छैन
|
स्नैपड्रैगन प्रोसेसर
|
3000mAH Battery
|
स्टीरियो स्पिकर
|
Internal Memory 32GB
|
Nokia 6 मा चार्जर चार्जिङ केबल
इयरफोन क्विक गाइड र सिम डोर मिल्छ ।
Design:
Nokia सधैँ आफ्नो फोनको डिजाइन र
पावरफुल हार्डवेयरका लागि चिनिन्छ । Nokia 6 को कुरा गर्दा
यसमा कंपनीले एल्मुनियम बडी दिएको छ र बडीले चारै तिर मेटल को लेयर दिएको छ । जुन
फोनको लुक्सलाइ अझ अट्रैक्टिभ बनाउँदछ । फोनको राइट साइडको माथि Volume र तल लक अनलक बटन दिइएको छ ।
फोनको माथि तर्फ 3.5mm को अडीयो ज्याक र तल USB
Port दिइएको छ । पछाडी टप सेंटरमा क्यामरा दिइएको छ जसको ठिक तल LED Flash रहेको
छ ।
Display Screen:
फोनमा 5.5 IPS LCD Display screen रहेको
छ । जो Full HD (1920×1080) Resolution सपोर्ट गर्छ ।
स्क्रिनको 16:9 रेशियोको रहेको छ । स्क्रिन प्रोटेक्सनको
लागि यसमा कोर्निङ गोरिल्ला ग्लास दिइएको छ
। स्क्रिन को पिक्सल डेनिसिटी 403 PPI (pixel per inch) रहेको छ ।
Processor:
फोनको मूल्यलाई ध्यानमा
राख्दै पावरफुल प्रोसेसर दिइएको छ । फोनमा Octa Core 1.4 GHz कोरटैक्स A53 प्रोसेसर रहेको छ । जुन क्वालकम कंपनीको MSM8937 स्नैपड्रगन
430 हो ।
RAM:
फोनमा 3GB RAM रहेको छ तर ब्याक मोडलमा 4GB
र्याममा पनि लन्च गरिइएको छ । तर यसको लिमिटेड एडिशनमा छ ।
Memory:
Nokia 6 मा 32GB Internal
Memory रहेको छ तर 4GB RAM भएको मोडेलमा 64GB
मेमोरि रहेको छ । तर युजर्स
Micro SD को मद्यतले 128GB सम्म
एक्सटेंड गर्न सकिनेछ ।
Camera:
नोकिया फोनको पहिचान
शानदार क्यामराको लागि चिनिन्छ । Nokia 1020 मा अहिलेसम्मकै सबैभन्दा धेरै 41
MP को क्यामरा दिएर कंपनीले रेकर्ड राखेको छ । तर त्यो उत्पादन Microsoft
अन्तर्गत कंपनी आफैले गरेको थियो भने अहिले NOKIA ले HMD Global सँग हात मिलाएको छ ।
यो फोनमा 16MP Rear क्यामरा दिइएको छ र PDAF
टेक्नोलोजिसाथ आएको छ । लेंस अपरेचर f/2 रहेको
छ । साथै यसमा डुअल LED टोन फ्लैश दिइएको छ । फोनमा जिओ
ट्यागिङ टच फोकस फेस डिटेक्शन पैनोरामा जस्ता क्यामरा फिचर्सहरु समावेश गरिएको छ ।
युजर्सको फोनबाट Full HD विडियो रिकार्डिङ गर्न सकिनेछ ।
फ्रन्ट क्यामराको कुरा
गर्दा यसमा 8MP रहेको
छ । यो 84 डिग्री को रियर कभर गर्दछ । युजर्स यसको साथ धेरै
व्यक्तिको साथ सेल्फि लिन सक्दछ । यसमा LED flash भने छैन् ।
Operating system:
नोकिया बजारबाट
बाहिरिनुको मुख्य कारण थियो एन्ड्रोइड अपरेटिंङ सिस्टम नहुनुँ । NOKIA ले फोनहरु त सस्तोमा सस्तो
मिडियम र हाइ प्राइसका महँगा Lumia series का स्मार्टफोनहरु दिइरहेको
थियो । तर बजारमा एकातिर I phone को ब्रान्ड बलियो भइरहेको थियो
भने अर्कोतर्फ Android ले तहल्का मच्चाइरहेको थियो । यस्तोमा
Microsoft Operating System प्रयोग गरिएको Lumia
series का फोनहरु युजर्सको मन जित्न सकिरहेका थिएनन् । तर कंपनीले
अब सुरु गरिसकेको छ एन्ड्रोइड अपरेटिङ सिस्टम । यस्तोमा Nokia 6 मा गूगलको 7.1.1 Nougat दिइएको छ ।
Security:
फोनमा होम बटनको साथ
फिंगरप्रिन्ट सेंसर दिइएको छ । यानीकि फिंगर टच गरेर नै फोन अनलक गर्न सकिन्छ ।
Battery:
Nokia 6 मा 3000mAH को ब्याट्रि रहेको छ । जुन अहिलेको जेनेरेशनमा आइरहेका ब्याट्रिहरुभन्दा
काफी कम हो । अहिले 4000mAH भन्दा बढीको ब्याट्रि प्रयोग
गरिएका स्मार्टफोनहरु आइसकेका छन् यसमा कंपनीले पनि ब्याट्रिको पावर बढाउनुपर्ने
हो । प्राइसअनुसार कंपनीले कम mAH को ब्याट्रि दिएको छ ।
यसमा Micro USB (USB 2.0), USB OTG, WIFI, Bluetooth
4.1, Fingerprint Scanner, NFC जस्ता कनेक्टिभिटी फिचर्सहरु रहेका
छन् ।
Outside
- Convenient fingerprint sensor
- Bright full-HD display with sculpted Corning® Gorilla®
Glass with wide color reproduction
- 16 MP camera on the back, 8 MP on the front
- Immersive sound with Dolby Atmos® and dual speakers
- Available as both single SIM and dual SIM variants
Inside
- Clean and clutter-free Android Nougat with regular
updates
- The latest generation Qualcomm® Snapdragon™ 430
processor designed for excellent battery life and improved graphics
performance
- 3 GB of RAM
- The full set of Google services, including Google
Photos and Google Play
- Loads of space with 32 GB mass storage2 and MicroSD card support up to 128 GB3