Huawei P30 Pro - Quad camera and many more - Full review & Specifications in Nepali ...



हुवाइले अघिल्लो बर्ष लञ्च गरेको थियो आफ्नो Flagship series P20 जहाँ camera मा विशेष फोकस गरीएको थियो र P20 pro मा triple rear camera setup दिइएको थियो । जुन बर्षभरी काफि चर्चामा रह्यो र कंपनीले भर्खरै लञ्च गरेको छ आफ्नो Latest Flagship Series Huawei P30 Series जहाँ P30 र P30pro गरी फरक दुइवटा मोडल रहेका छन् र आज हामी कुरा गर्नेछौँ Huawei P30 pro को बारेमा । फोनमा 40 Watt को Supercharge, 4200mAH को Power full battery, Quad rear camera setup, 32MP front camera, IP 68 rating, kirin 980 Octa core processor, wireless charging and wireless reverse charging, optical in-display fingerprint scanner जस्ता ग्रेट फिचर्सको साथमा आउँदछ । यो फोनको सिधा  कंपिटिसन Samsung को Galaxy s10 सँग हुनेछ ।

फिजिकल ‌ओभरभ्युको कुरा गर्दा फोनको Right side मा power lock unlock / volume rocker key दिइएको छ भने left side खाली रहेको छ । फोनको माथि IR blaster, secondary microphone दिइएको छ भने फोनको तल Sim tray, dual sim/ nano sim, nano memory card, main microphone, USB C port, speaker grill रहेका छन् । 

फोनको पछाडी top left side मा triple camera र side dual led flash अनि अर्को TOF 3D camera रहेको छ भने front मा 6.47" display स्किन दिइएको छ । अब कुरा गरौँ डिटेलमा ।

1.Display
192 gram को यो फोनमा 6.47-inch को FHD+ Curved OLED Display Screen दिइएको छ जसको Aspect Ratio19.5:9 रहेको छ, जसको पिक्सल साइज 2340x1080 pixels रहेको छ ।

2.Processor
फोनमा कंपनीको आफ्नै Kirin 980 octa core processor दिइएको छ । जसको क्लक स्पिड 2.6 GHz रहेको छ भने यो 7NM Technology मा बनेको छ । 

3.Camera
यो फोनको मुख्य फिचर्स भनेको नै यसको क्यामरा हो । फोनमा चारवटा रियर क्यामरा दिइएको छ भने एउटा फ्रन्ट क्यामरा रहेको छ । अघिल्लो बर्ष कंपनीले Huawei P20 pro मा तिनवटा रियर क्यामरा दिएको थियो जुन विश्वकै पहिलो स्मार्टफोन थियो ३ वटा रियर क्यामरा भएको तर अहिले अरु पनि धेरै फोनहरु बजारमा आइसकेका छन् जसमा चारवटा क्यामरा रहेका छन् । नोकियाले त पाँचवटा रियर क्यामरा भएको फोन पनि लञ्च गरिसकेको छ । 

यो फोनमा 40MP को मेन Wide angle लेन्स रहेको छ । जसको Aperture F/1.6 रहेको छ भने यसले OIS सपोर्ट गर्दछ । 

र अर्को 20MP को ultra wide angle लेन्स रहेको छ जसको Aperture F/2.2 रहेको छ ।

र फोनमा 8MP को telephoto लेन्स दिइएको छ जुन 5X Optical zoom को लागि प्रयोगमा आउँदछ यसको Aperture F/3.4 रहेको छ भने यसमा पनि OIS रहेको छ ।

र फोनमा चौथो TOF 3D camera दिइएको छ ।

यो फोनमा 5X Optical Zoom, 10X Hybrid zoom र 50X सम्मको digital zoom रहेको छ ।

र फोनमा  32MP को फ्रन्ट क्यामरा दिइएको छ जसको Aperture F/2.0 रहेको छ । DXO mark को कुरा गर्दा यो फोन 112 नं सहित नं १ पोजिसन ओगटेको छ ।

र फोनमा सबै क्यामरा मोडहरु रहेका छन् ।

4.RAM/ROM
फोन 6GB / 8GB RAM गरी दुइवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
र आन्तरिक क्षमताको कुरा गर्दा यो 128GB / 256GB / 512GB गरी तिनवटा भेरियन्टमा उपलब्ध छ ।

5.Operating System
फोनमा हुवाइवेको आफ्नै EMUI 9.1 Based Android 9 Pie अपरेटिङ सिस्टम रहेको छ ।

6.Battery
फोनमा पावरफुल 4200mAh को ब्याट्रि रहेको छ 
Charging को कुरा गर्दा phone massive 40 Watt को Huawei Super Charge Technology को साथमा आउँदछ भने यसमा 15 Watt सम्मको Wireless Quick Charge रहेको छ र यो फोनले Reverse Wireless Charging पनि सपोर्ट गर्दछ । जुन भनेको यो फोनद्धारा अरु Wireless charge support गर्ने डिभाइसहरु पनि चार्ज गर्न सकिन्छ ।

7.Colors
यो फोन फरक पाँचवटा कलरमा उपलब्ध हुनेछ ।
Amber Sunrise

Breathing Crystal

Pearl White

Aurora

Black.

8.Sensor
फोनमा विभिन्न सेन्सरहरु रहेका छन् । Ambient light sensor, In screen fingerprint sensor, gyroscope, compass, proximity sensor, gravity sensor, hall sensor, infrared sensor, color temperature sensor आदि रहेका छन् ।

फोनमा Expandable nano memory card सपोर्ट रहेको छ भने यसमा IP 68 rating प्रविधि पनि रहेको छ । optical in-display fingerprint scanner, wireless charging and reverse wireless charging अरु यसका विशेषता हुन् भने फोनमा headphone jack दिइएको छैन् ।


भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post