Realme 2 Pro. The Real pro???


Real me ले भारतमा हालै लञ्च गरेको थियो आफ्नो लेटेस्ट फोन Real Me 2 Pro, Real Me 1 को success पछि कंपनीले Real Me 2 लञ्च गरेको थियो तर Real Me 1 को भन्दा कम Quality को display, processor  दिइएकोले यसको धेरै आलोचना भयो र कंपनीले लगत्तै Real Me 2 pro बजारमा ल्यायो । जसको चर्चा हाल सबैले गरिरहेका छन् । Dewdrop notch, Snapdragon 660 octacore processor, Dual setup rear camera, AI Face unlock जस्ता धेरै राम्रा फिचर्स एकदमै कम प्राइसमा उपलब्ध गराएकोले पनि यो फोनको चर्चा चुलिएको हो । Real Me 2 pro को बारेमा कुरा गर्नुभन्दा पहिला म तपाइहरुलाई Real Me कंपनीको बारेमा बताउन चाहन्छु ।

यो सन् 2010 मा Oppo को एक सबब्राण्डको रुपमा सुरुवात भएको थियो भने May 4, 2018 देखि यो officially Oppo बाट अलग भएर छुट्टै स्वतन्त्र ब्राण्डको रुपमा स्थापना भएको छ । र यसको Global CEO Sky Li हुन भने India को लागि CEO Madhav Sheth रहेका छन् । यसको Head Office China को Shenjen मा रहेको छ ।
sky liको लागि तस्बिर परिणाम
Realme ले आफ्नो पहिलो product Realme 1 केहि महिना अगाडि भारतमा लञ्च गरेको थियो 6 inch को 18:9 aspect ratio को FHD+ display, MTK Helio p60 processor, 13MP rear camera, 8MP front camera, 3GB RAM /32GB ROM, RS: 8990/- 4GB RAM /64GB ROM RS: 10990/- 6GB RAM /128GB ROM RS: 13990/- भारतिय रुपैयाँमा मात्र लञ्च भएको यो फोन एक महिनामै ४० हजार युनिट भन्दा बढी विक्रि भयो र सर्वत्र चर्चा पनि पायो ।
realme 1को लागि तस्बिर परिणाम
September 4, 2018 मा कंपनीले Realme 2 launch गर्यो । 6.2 inch को HD+ notch display, Qualcomm snapdragon 450 processor, face unlock, फिचर्स भएको र Realme 1 मा नभएको तर सबैले Complain गरेको Fingerprint sensor, Dual rear camera आदि भएर पनि कंपनीले यो डिभाइस द्धारा युजर्सको मन जित्न सकेन् ।
realme 2को लागि तस्बिर परिणाम
किनभने Real me 1 मा FHD+ Display दिइएको थियो भने यसमा HD+ मात्र र  Realme 1 मा दिइएको MTK Helio p60 भन्दा Realme 2 को Qualcomm Soc 450 कम पावरफुल चिपसेट थियो ।

तर कंपनीले Realme 2 पछि Realme 2 Pro लञ्च गर्यो जसले फेरि युजर्सको मन जितिरहेको छ यो कंपनीले मुख्य गरी चीन र भारतमा आफ्नो बजार सुरुवात गरेको छ भने विस्तारै south Asia का विभिन्न देशमा आउने योजना बनाइरहेको छ । यस्तैमा नेपालमा पनि एक गन्तव्य हुन सक्छ आज हामी Realme 2 pro को Specification हरु जान्ने छौँ ।

1.Display
174g को फोनमा 6.3" 19.5:9 aspect ratio को IPS LCD FHD+ Dewdrop design display Screen रहेको छ । जसको resolution 2340 by 1080 pixel छ भने 2.5D Gorilla Glass 3 Protection रहेको छ । यसमा 90.8% Screen to body ratio रहेको छ ।

2.Processor
फोनमा Qualcomm Snapdragon 660 octacore processor रहेको छ जसको clock speed 1.95GHz छ भने
Adreno 512 GPU रहेको छ ।

3.Camera
यो Dual Setup rear camera को साथमा आउँदछ Primary: 16MP यसमा Sony IMX 398 sensor प्रयोग गरिएको छ भने यसको Aperture f/1.7 रहेको छ ।
Secondary: 2MP को रहेको छ यसको Aperture f/2.4 रहेको छ जुन depth information capture गर्न प्रयोग आउँछ ।
र फोनमा16 MP को Front Camera दिइएको छ जसको Aperture f/2.0 रहेको छ ।

4.RAM/ROM
फोन फरक 3 वटा भेरियन्टमा उपलब्ध छ
4GB RAM/32 ROM
4GB RAM/64 ROM
8GB RAM/128 ROM
र यसमा 256 GB सम्मको Micro SD कार्ड प्रयोग गर्न सकिन्छ ।

5.Operating System
यो colorOS 5.2 based on Android 8.1 मा आधारित छ ।

6.Battery
फोनमा 3500 mAH ब्याट्रि रहेको छ । र युजर्सहरुले यसको ब्याट्रि लाईफ एकदमै राम्रो भएको बताइरहेका छन् ।

7. Sensor
फोनमा
Fingerprint sensor, Gravity sensor, Light and Proximity sensor, Gyro meter आदि sensor हरु रहेका छन् ।

8. Colors
फोन Blue Ocean, ब्लु ओसेन black sea र Ice lake गरी फरक तिनवटा कलरमा उपलब्ध छ ।

Realme 2 Pro को Specification हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post