Redmi 6A, Perfect budget killer???


साओमीले नेपालमा लञ्च गरेको छ आफ्नो लेटेस्ट डिभाइस Redmi 6A जुन Redmi 6 को लाईट Version को रुपमा उपलब्ध छ । 18:9 को Aspect ratio, Media Tek को Helio A22 Quad core processor, AI Face unlock जस्ता केहि राम्रा फिचर्सको साथमा आएको यो बजेट फोनको नेपाली मूल्य जम्मा 12999/- रुपैयाँ रहेको छ । यसमा अरु केके फिचर्सहरु रहेका छन् त जान्नेछौँ यो लेखमा ।

1. Display:  145 ग्रामको फोनमा 5.45 inch को IPS LCD HD+ display Screen रहेको छ । यसको Aspect Ratio 18:9 छ भन Display को Resolution 720 by 1440 Pixel रहेको छ ।

2. Processor:  फोनमा मिडिया टेकको Helio A22, quad-core processor प्रोसेसर रहेको छ । जुन 12nm टेक्नोलोजि माथि बनेको छ ।

3. Camera:   यसमा 13MP single rear camera रहेको छ । यसको Aperture f/2.2 रहेको छ । रियर क्यामरा फिचर्सहरुमाः Standard HDR, Low light photo enhancement, Brust mode, Scene Recognition आदि रहेका छन् ।
भने Front Camera: 5MP को F/2.2 Aperture भएको फ्रन्ट क्यामरा दिइएको छ । फ्रन्ट क्यामरा फिचर्सहरुमाः Portrait mode, Beautify, Standard HDR, Face unlock, Age recognition, Selfie timer आदि रहेका छन् ।

4. RAM/ ROM:
यो फोन नेपालमा 2GB RAM र 16 GB Internal memory को साथमा उपलब्ध छ ।

5. Operating System:
यसमा MIUI 9.6 based Android 8.1 Oreo Operating system रहेको छ ।

6. Battery:
Redmi 6A मा 3000mAh को ब्याट्रि दिइएको छ ।

7. Color:
यो फोन फरक तिनवटा कलरमा उपलब्ध हुनेछ । Black(कालो), blue(निलो) र gold(सुनौलो)
यसको मूल्य: NPR 12,999/- (2GB+16GB) रहेको छ ।

Redmi 6A को Specification हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post