साओमीले चीनमा भर्खरै लञ्च गरेको छ आफ्नो Flagship Phone MI MIX 3, जसको चर्चा पहिल्यैदेखि निकै भएको थियो किनभने कंपनीले MI MIX देखि सुरु गरेको यो सिरिज कसरी फुल स्क्रिन फोन बनाउन सकिन्छ भन्नेमा केन्द्रित छ । कंपनीले फ्रन्ट क्यामरा फोनको तल्लोपट्टी दिएर फोनको टप र दायाँ बायाँमा पुरै डिस्प्ले दिँदै आएको थियो भने यो फोनमा कंपनीले Sliding mechanism मा फ्रन्ट क्यामरा, स्टिरियो स्पिकर, Front LED दिएको छ भने डिभाइस Complete Bezel-less देखिन्छ । यसको Screen to Body ratio 93.4 % रहेको छ, जुन अहिलेसक्मकै धेरै हो । आज हामी यसै फोनको बारेमा कुरा गर्ने छौँ र जान्ने छौँ यसको Specification:
1. Display:
218 gram को यो फोनमा 6.39 inch को 19.5:9 Aspect ratio भएको FHD+ Display रहेको छ । यसको Resolution 2340 by 1080 Pixel रहेको छ ।
2. Battery:
फोनमा 3200 mAH को ब्याट्रि दिइएको छ । यसले Wireless को साथै Fast Charge पनि सपोर्ट गर्दछ ।
3. Camera:
यसमा डुअल फ्रन्ट र रियर गरी चारवटा क्यामरा दिइएको छ ।
Rear:
Primary क्यामरा12MP को रहेको छ । यसमा Sony IMX363 लेन्स रहेको छ । Pixel size 1.4 micron, रहेको छ भने यसको Aperture F/1.8 रहेको छ ।
Secondary क्यामरा पनि12MP को रहेको छ । यसमा Samsung S5K3M3+ लेन्स रहेको छ भने 1.0 Micron को पिक्सल size रहेको छ ।
Front:
यो डिभाइसमा Sliding Mechanism रहेको छ जुन हामीले फ्रन्ट क्यामरा प्रयोग गर्दा Manually यसको माथिल्लो भागलाई निकाल्नुपर्छ । कंपनीले यो ३ लाख चोटी तल माथि गर्न सकिने बताएको छ ।
24MP को primary front camera रहेको छ जसमा Sony IMX576 लेन्स प्रयोग गरिएको छ भने यसको पिक्सल साइज 1.8 micron रहेको छ ।
र अर्को 2MP को फ्रन्ट क्यामरा दिइएको छ । यसको पिक्सल साइज 1.75 micron रहेको छ ।
4. Processor:
फोनमा Qualcomm को Snapdragon 845 Octa core processor दिइएको छ ।
5. RAM/ROM:
यो 6/8/10 GB RAM र 128/256GB ROM को साथमा उपलब्ध छ ।
6. Operating System:
यसमा MIUI 10 based Android 8.1 Oreo Operating system रहेको छ ।
र यसमा Fingerprint sensor पछाडी रहेको छ भने यसले wireless charge support गर्दछ ।
भिडियो हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला ।